[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= “विश्व भरी छरिएर रहेका शेर्पाहरुको एकता, भाषा, धर्म, संस्कृति, कला संरक्षण र सम्बर्द्धन आजको आवश्यकता” भन्ने मुल नाराको साथ् शेर्पा संघ मलेसियाद्वारा २१५१औं स्यिङ फो डुक लो ग्याल्पो लोसार साँस्कृतिक कार्यक्रम- २०२४ कार्यक्रम आयोजना हुने तय भएको छ ।
ग्याल्पो लोसार साँस्कृतिक कार्यक्रम-२०२४ कार्यक्रम यहीँ मिति सन् २०२४ फेब्रुअरी ११ तारिख आईतवारको दिन होटल ग्राण्ड कन्टिनेन्टलको १०औं तल्लामा आयोजना हुने तय भएको र कार्यक्रमको सम्पुर्ण तयारी समेत पूरा भैइसकेको शेर्पा संघ मलेसियाका अध्यक्ष न्वाङ् नुरि शेर्पाले बताए ।

उक्त कार्यक्रम हेर्न सहभागी हुन आउने नेपाली लगायत दर्शकहरुले नि:शुल्क प्रवेश गर्न पाइने र मनोरञ्जन लिन पाइने अध्यक्ष शेर्पाले प्रष्ट पार्दै भने ।
साथै कार्यक्रममा सांगीतिक प्रस्तुतिको लागि नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु गायिका डोमा ह्योल्मो , डिजे ङ्ावाङ् शेर्पा , उद्घोषिका ल्हामु शेर्पा लगायत स्थानीय कलाकारहरुले बिशेष सांगीतिक सांस्कृतिक प्रस्तुति दिने अध्यक्ष शेर्पाले बताए ।
त्यस्तै कार्यक्रमको मिडिया पार्टनरमा “मलाया खबर” रहेका छ्न । अध्यक्ष शेर्पाले दिएको जानकारी अनुसार कार्यक्रमको मुख्य प्रायोजकमा रेष्टुरेन्ट मण्डला , दर्शन नमस्ते रेष्टुरेन्ट रहेको छ, भने प्रायोजकहरुमा एभरेस्ट किचन रेष्टुरेन्ट , द-गुर्खाज रेष्टुरेन्ट , लाङ्घाली चुलो , मिराकल म्यानपावर रहेका छ्न ।



















