म आफैंले आफ्नो मृत्यु भएको झुठो खबर फैलाएकी हु : अभिनेत्री पुनम पाण्डे।

काठमाडौं:= भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो खबर फैलाएको पुष्टि भएको छ। उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।

अहिले पाण्डेको सर्वत्र आलोचना भइरहेको छ । भने कतिपयले उनीमाथि कारबाहीको माग समेत गरेका छन्। पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा विभिन्न सञ्चार माध्यमले पुनमको मृत्यु भएको समाचार लेखेका थिए ।

तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् । उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् ।