फिल्मफेयर अवार्डमा आलिया र रणवीर उत्कृष्ट, ‘१२वीं फेल’ सर्वोत्कृष्ट चलचित्र।

एजेन्सी:= भारतको प्रतिष्ठित ६९औं फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ । गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको थियो । चलचित्र ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरेबापत उहाँले यो अवार्ड पाउनुभएको हो । यस्तै, रणवीर कपुर ‘एनिमल’का लागि सर्वश्रेष्ठ अभिनेता हुनुभयो ।

फिल्म फेयर अवार्ड २०२४ मा सर्वोत्कृष्ट चलचित्र ‘१२वीं फेल’ भएको छ । चलचित्रका लागि विक्रान्त मेसी सर्वोत्कृष्ट अभिनेता (क्रिटिक्स) पाउनुभयो । साथै उत्कृष्ट विधु विनोद चोपडा उत्कृष्ट निर्देशक बन्नुभएको छ । उहाँले उत्कृष्ट पटकथाको पनि हात पार्नुभयो ।

‘रकी और रानीकी प्रेम कहानी’बाट शबाना आजमीले उत्कृष्ट सहायक अभिनेत्रीको उपाधि पाउनुभयो । यही चलचित्रबाट इशिता मोइत्रा उत्कृष्ट संवाद बन्नुभयो । अवार्ड शोमा ‘जोरम’ सर्वोत्कृष्ट चलचित्र (क्रिटिक्स)मा परेको छ । ‘मिसेस चटर्जी भर्सेस नर्वे’ अभिनेत्री रानी मुखर्जी र शेफाली शाह ‘थ्री अफ अस’ बाट उत्कृष्ट अभिनेत्री क्रिटिक्स पाउनुभयो । अभिनेता विक्की कौशल डंकीका लागि उत्कृष्ट सहायक अभिनेता बन्नुभएको छ ।

उत्कृष्ट अभिनेत्री क्रिटिक्समा रानी मुखर्जी ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट र शेफाली शाह ‘थ्री अफ अस’ हुनुभयो । यस्तै उत्कृष्ट सहायक अभिनेता पुरुषमा विक्की कौशल ‘डंकी’बाट हुनुभयो ।