थाकस युएईद्वारा आयोजित १०औं वार्षिक मेला तथा माघी कार्यक्रम सम्पन्न।

युएई := “थारु कला र संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराको साथ थारू कल्याणकारिणी सभा युएईद्वारा आयोजित १०औं वार्षिक मेला तथा तिला सकरा, खिचरा – खिचरी – खिचडी – माघ – माधी कार्यक्रम सम्पन्न भएको छ ।

मिति सन् २०२४ जनवरी २१ तारिख आईतवारको दिन क्लब एभरेस्ट अष्टोरिया होटेल बर दुबईमा दिउँसो ०१:०० बजेदेखि आयोजना भएको उक्त कार्यक्रम थाकस युएईको सभापति भागराथि कुमार भगतको सभातित्वमा , नेपाल आदिवासी जनजाति माहासंघका अध्यक्ष बिक्रम लिम्बुको प्रमुख आतिथ्यता लगायत विभिन्न संघसंस्थाको आतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस्तै सम्पन्न माघी कार्यक्रममा थाकस युएईका प्रथम उपाध्यक्षय माघी कार्यक्रमको प्रमुख संयोजक तुलसि महतोले स्वागत मनत्यब्य दिनु भएको थियो। माघी पर्वको अवसरमा संस्थाको तर्फबाट एकमुष्ट रुपमा सबैमा शुभकामना मन्तव्य महासचिव खेम महतोले दिएका थिए ।

गायक तथा उदघोषकको रुपमा चर्चित केशबराज महतोले  कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा गायक/गायीका प्रकाश माझी, सोनु कुश्मीले जोडदार सांगीतिक प्रस्तुति दिएकी थिइन् । सोही कार्यक्रममा भाग्यसालि चिठाको नतिजा र विजेताको नाम समेत सार्वजनिक गरेका थिए ।