एक अपार्टमेन्टमा मलेसियाली अध्यागमनद्वारा धरपकड गरि ५६१ अवैधानिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन बिभाग (jabatan imigresen malaysia) ले यहाँ रहेका अवैधानिक विदेशी श्रमिकलाई पक्राउ गरेर जेल चलान गर्ने कार्यलाई तिव्रता दिएको छ ।

सेलाङ्गरस्थित बेरानाङको पङ्सापुरी बैदुरी अपार्टमेन्टमा छापा मारेर ५६१ पाटी पक्राउ गरिएको छ । रातिको समयमा बेरानाङको बैदुरी अपार्टमेन्ट, बन्दर तासिक केसुमामा गरेको एकीकृत कार्यान्वयन अभियानमा ५६१ अवैध आप्रवासी (पाटी) लाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।

पक्राउ परेका सबै अवैधानिक विदेशी कामदारहरु बंगलादेश, म्यानमार, नेपाल, इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, भारत, कम्बोडिया, सिएरा लियोन र क्यामरुनका तीन महिनादेखि ५५ वर्षसम्मका नागरिक रहेको अध्यागमनले बताए ।

राति ११ बजे सुरु भएको उक्त अपरेसनको नेतृत्व अध्यागमन महानिर्देशक दातो रुस्लिन बिन जुसोहले गरेका थिए । छापामारीबाट बच्नलाई भाग्न खोजिरहेका विदेशीहरू छन् अत्याधिक धेरै रहेका थिए। छापा मारिएको सो अपार्टमेण्ट क्षेत्रमा लगभग ८०% प्रतिशत विदेशीहरूको बसोबास रहेको थियो। विभागका अनुसार ति विदेशीहरु बस्ने आवास , कोठा पनि एकदमै भीडभाड र फोहोर रहेको पाइएको छ ।

तिनीहरुको कारण अन्य स्थानीय बासिन्दाहरू, विशेष गरी यस क्षेत्रमा बस्ने घर मालिकहरूमा असुरक्षा र असुविधाको भावना पनि सिर्जना गरेकोले स्थानीय नागरिकले दिइएको निवेदनको आधारमा छापामारी गरि ति सबै अवैधानिक विदेशी कामदार हरुलाई पक्राउ गरिएको जनाएका छ्न । पक्राउ परेकाहरुको बारे अनुसन्धान र थप कारबाहीको लागि बुकित जलिल अध्यागमन डिपोमा राखिएको विभागले जनाएको छ ।

Photo Source : Jabatan imigresen malaysia