छैठौं हिमालयन गोल्ड कपको पत्रकार सम्मेलन सम्पन्न, पुरस्कार आरएम ३५,००० रिंगेट।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापित  हिमालयन फुटबल क्लबद्वारा आयोजना हुन लागेको छैठौं हिमालयन गोल्ड कप-२०२४ को तयारी तिव्र रुपमा चलिरहेको छ ।

छैठौं हिमालयन गोल्ड कप-२०२४ कै तयारीको क्रममा यहीँ मिति सन् २०२४ जनवरी २० तारिख शनिबार लागि क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

“एकता र मित्रताको लागि खेल्कुद” भन्ने मुल नाराको साथ चाइनिज नयाँ बर्षको अवसरमा २०२४ फेब्रुअरी १०/११/१२ तारीख शाहाआलाम सेक्सन २१ पानासोनीक रंगशालामा रिया आईएमईको मुख्य प्रयोजनमा छैठौं हिमालयन गोल्ड कप हुने भएको आयोजक क्लबका अध्यक्ष सन्तोष कार्कीले पत्रकार सम्मेलनमा बताए ।

छैठौं संस्करणमा फुटबल मात्र नभई भलिबल तथा ५०० मिटरको दौड प्रतियोगिता हुने भएकोछ । फुटबल खेल जनवरी १०, ११ र १२ तारीख हुने । फुटबलको उद्घाटन खेल मलेसियामा रहेका नेपाली महिला फुटबल टिमहरु बिचको खेलबाट हुने भएकोछ । भलिबल ११ र १२ तारीख साथै दौड ११ तारीख हुने क्लबका अध्यक्ष कार्कीले जानकारी दिए ।

सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले भने , “फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार मलेसियन रिंगेट, दोस्रो पुरस्कार १५ हजार मलेसियन रिंगेट र ट्रफी मेडल प्रदान हुनेछ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्टाइकरलाई ५ सय मलेसियन रिंगेट प्रदान हुनेछ ।”

यस्तै भलिबल तर्फ प्रथम ११ हजार, दोस्रो ५ हजार रिंगेट नगद पुरस्कार साथै ट्रफी र मेडल प्रदान हुनेछ । भने दौडको पुरस्कार प्रथम ५००, दोस्रो ३०० र तेस्रो २०० रिंगेट साथै मेडल रहेको जनाए । दर्ता शुल्क फुटबलको २५०१ रिंगेट, भलिबल १००१ रिगेट र दौड निशुल्क दर्ता गराउन पाउनेछ । दर्ता समय अवधि जनवरी २५ तारीख सम्म मात्र रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।

फुटबल तथा अन्य खेल आयोजकबाट भएको बिसंगति र बिकृतीलाई सुधार गर्नको लागि २०१५ मा हिमालयन फुटबल क्लब स्थापना भएको हो । हामी खेलकुदबाट एकता र मित्रता स्थापना गर्दै सामाजिक सद्भाव र स्वस्थ्य जीवन कायम गर्नेछौं । प्रतियोगिताको लागि मलेसियामा रहेका कृयाशिल नेपाली संघ संगठन लगायत ब्यापारीहरुलाई पत्रचार गरेकाे बताउदै मलेसियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थित भइ खेलको मनोरञ्जन लिन अध्यक्ष कार्कीले आह्वान गरे ।

यस सम्मेलनमा रिया मनिट्रास्फरका एसियाका सेल्स हेड प्रदिप शर्मा ढकाल “योगेन्द्र” ले हिमालयन फुटबल क्लबका क्याप्टेन राज कुमार कुमाललाई जर्सी हस्तान्त्रण गर्दै रिया मनिट्रास्फर हिमालयन फुटबल क्लबको प्रायोजक रहेको घोषणा गरेको थियो ।

सम्मेलनमा उपस्थित पत्रकार हरुले पालैपालो प्रश्न गरेका थिए , सो प्रश्नको जवाफ अध्यक्ष कार्कीले दिएका थिए । पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न पार्टी संघ,संगठन, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु साथै ब्यवसायी, खेलाडी तथा सञ्चारकर्मी , पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।