डोनाल्ड ट्रम्प फेरि राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा उत्रिने, सम्भावना पनि बलियो।

DES MOINES, IOWA - JANUARY 15: Former President Donald Trump speaks at his caucus night event at the Iowa Events Center on January 15, 2024 in Des Moines, Iowa. Iowans voted today in the state’s caucuses for the first contest in the 2024 Republican presidential nominating process. Trump has been projected winner of the Iowa caucus. (Photo by Chip Somodevilla/Getty Images)

एजेन्सी := अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक दौडमा ट्रम्पको सम्भावना बलियो बनेको हो।

आयोवामा रिपब्लिकन पार्टीको पहिलो ककसको जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ। आयोवामा रिपब्लिकन पार्टीका एक हजार ६०० भन्दा बढी समर्थकले गोप्य मतदान गरेका थिए। यहाँ ट्रम्प विजयी भएका हुन्।

दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ। आयोवापछि, न्य” ह्याम्पसायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककस आयोजना हुनेछन्। त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ।

अमेरिकामा दुई प्रमुख दलहरू डेमोक्रेट र रिपब्लिकन हुन्। राष्ट्रपतिको निर्वाचनअघि देशका प्रत्येक प्रदेशमा पार्टी उम्मेदवार छनोट गर्न दुवै दलले अन्तरदलीय मतदान गर्छन्, जसलाई ककस भनिन्छ। सबै प्रदेशमा मतदान भएपछि दुवै दलको राष्ट्रिय अधिवेशनमा मतदानमा विजयी उम्मेदवारलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने गरिन्छ।