चलचित्र ‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल शर्मा।

काठमाडौं:= चलचित्र ‘एक मुठ्ठी बादल’ निर्माण हुनेभएको छ । सहारा शर्माले निर्माण गर्न लाग्नुभएको यो चलचित्रको मुख्य भूमिकामा आँचल शर्मा देखिनुहुने भएको छ ।

चलचित्रमा आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने चलचित्रको बिहीबार एक पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ चलचित्र निर्माण गर्नुभएको थियो ।

पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको चलचित्रको निर्माता अभिमन्यु दीक्षित हुनुहुन्छ । आगामी फेब्रुवरीबाट पोखरामा चलचित्रको छायांकन हुने जनाइएको छ । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य रहने चलचित्र फेस्टिभल र हल दुवैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।