‘तपस्वी’ बम्जनको आपराधिक शृङ्खला, अनुयायी भन्छन्, ‘उहाँ बुद्धभन्दा पनि माथि’

काठमाडौं:= बारा जिल्लाको एक घना जंगलभित्र तपस्या गरेर विश्वब्यापी चर्चा कमाएका रामबहादुर बमजन “लिटल बुद्ध” लाई पक्राउ गर्न प्रहरी अन्ततः सफल भएको छ ।

विभिन्न आश्रममा बसेर अपराधको श्रृंखला चलाएका बमजनमाथि बलात्कार, हत्या र व्यक्ति वेपत्ता पारेको लगायतका आरोप छन् । उनै बमजनलाई प्रहरीले बुधबार दिउँसो करिब २ बदे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

लामो समयदेखि खोजीको सूचीमा रहेका बमजनलाई पक्राउ गर्न प्रहरीले सकेको थिएन । नेपालमा मात्रै होइन भारत लगायतका मुलुकमा समेत यस्ता धार्मीक खोल ओडेर अपराधको दुनियामा रमाएका व्यक्तिलाई प्रहरीले वर्षौँसम्म फेला पार्न नसकेका घटनासित हामी परिचित छौँ ।

यद्यपि यहाँ रामबहादुर बम्जनलाई बुद्धभन्दा पनि माथिको सन्त र त्यागी मान्नेहरुको पनि कमि छैन। कन्चन तामाङ नाम गरेकी एक महिला (बमजन समर्थक) भन्नुहुन्छ, ‘बुद्धलाई समेत आफ्नै दाई द्वारा यस्तै आरोप लागेको थियो । गौतम बुद्ध भन्दा पनि एक स्टेप भन्दा माथि हुनुहुन्छ । उहाँसँग बुद्धको कम्पेयर गर्न मिल्दैन र ।’

तर उहाँको कोठामा करौडौँ (नेपाली तीन करोड, विदेशी मुद्राको हिसाब प्रहरीले दिएको छैन) भेटियो । साधुलाई पैसाको लोभ हुन्न भन्छन् नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म दिन्छु मेरो खुसीको खुरा हो । बाहुन क्षेत्रीले सत्यनाराण पूजा गर्छ जसरी पैसा दिन्छ त्यसरी हाम्रो धर्ममा पैसा चलखेल नै छैन । मैले आजीवन कमाएको मेरो सम्पती दिन तयार छु । अहिले ज्यान दिन तयार छु ।’

यो रामबहादुर जसलाई लिटिल बुद्ध उपनाम दिइएको छ उहाँका अनुयालीले भनेको कुरा हो ।
तर करिब एक दर्जन बढीलाई बेपत्ता पारेको, केही आनीहरुको हत्या गरेको र बलात्कारको आरोप ती बमजनमाथि छ । यसलाई उनका अनुयायीहरु ‘विरोधीले चालेको क्षणिक चाल हो सरकार नै आएर आराप लगायो भने पनि हामीले मान्दैनौँ’ भन्छन् ।

बम्जनबारे केही घटनाक्रम

बम्जनको आश्रमबाट आधा दर्जन बेपत्ता

प्रहरीमा आएका उजुरी र प्रहरीको रिपोर्ट हेर्दा अहिलेसम्म उनको आश्रमबाट करिब आधा दर्जन अनुयायीहरु बेपत्ता छन् । सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बाको अवस्था अज्ञात रहेको छ । यस्तै बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट सम्पर्क विहनी अवस्थामा रहेका छन् ।

बलात्कार र हत्याका घटनापनि प्रहरीको नजरमा

मकवानपुरका सञ्चमान वाइवालाई कुटेर मारेको प्रत्यक्षदर्शीले सार्वजनिक रुपमा बयान दिँदै आएका छन्। २०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप समेत लगाएकी थिइन् ।

घरबाट प्रहरीले बरामद गर्यो तीन करोड बढी रकम, ल्याण्ड क्रुजरका लागि दिएका थिए अर्डर केन्द्रीय अुनसन्धान ब्यूरो (सिआइबी) का अनुसार प्रहरीले उनको घरबाट ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ ।

प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको छ । यस्तै बमजनले चढ्ने टोयोटा फच्र्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर बरामद गरिएको छ ।

त्यसबाहेक उनले शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । गाडी खरिद गर्न उनले तीन करोड रुपैयाँ भुक्तानी समेत दिइसकेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको ‘अपरेशन ब्लू’

पाँचजना व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले अपरेशन ब्लू चलाएको थियो । पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यस पटक उनी काठमाडौं हात्तीगौंडास्थित घरबाटै समातिएका छन् ।

सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो । सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए ।