४२औं मगर दिवस,माघ्या सकराटी र मगरसंघ क्षेत्रीय समिति जोहोरको अधिवेशन हुने तय।

क्वालालम्पुर (मलेसिया):= नेपाल मगर संघ क्वालालम्पुर मलेसिया र मगर संघ क्षेत्रीय समिति जोहोर बारुको संयुक्त आयोजनामा मगरहरुको मुख्य चाड माध्या/मकर सकराटी तथा ४२औं मगर दिवसको अवसरमा शुभकामना आदान-प्रदान, भेटघाट साथै जोहोर क्षेत्रीय समितिको अधिबेशन कार्यक्रम-२०८० कार्यक्रम हुने तय हुने भएको छ ।

सन् २००६ मा मलेसियामा स्थापित संस्था नेपाल मगर संघ मलेसियाले विगतका बर्षमा झैं यसपालि पनि शुभकामना आदानप्रदान र दिवस कार्यक्रम यहीँ मिति सन २०२४ फेब्रुअरी ११ तारिख आइतवार Z Hotel JB मा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था नेपाल मगर संघ क्वालालम्पुर मलेसियाको अध्यक्ष पुश्मिता ठाडामगरले मलाया खबरलाई जानकारी दिइन् । 

मगर समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका मकर/माघे सकराती र मगर दिवस मनाउन थालिएको अध्यक्ष मगरले बताइन् ।

उक्त कार्यक्रममा स्थानीय कलाकार, नेपाल मगर संघ मलेसियाका कलाकारहरु र जोहोर क्षेत्रीय समितिका कलाकारहरुको तर्फबाट मगर कला, संस्कार, संस्कृति झल्काउने खालका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरिने छन् ।

मलेसियामा रहनुहुने सम्पुर्ण मगर तथा गैरमगर, क्रियाशील संघसंस्था, व्यापारी, बुद्धिजीवी, पत्रकार, खेलप्रेमी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइदिनको लागि सादर अनुरोध गरिएको छ । नेपाल मगर संघ जोहोर क्षेत्रीय समितिको अधिवेशन पनि हुने भएकोले साँस्कृतिक कार्यक्रमको साथमा अधिबेशनबाट चुनिएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि तय गरिएको छ ।

नेपाल मगर संघ मलेसियाले आफ्नो जाति तथा समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्वमाझ चिनाउने र यहाँ भैपरी आएमा पीडित नेपाली श्रमिकहरुलाई आर्थिक, भौतिक सहयोग गरी उद्धार गर्ने सामाजिक सेवाका कामहरु पनि गर्दै आएको छ ।

उक्त कार्यक्रमलाई पेनाङ क्षेत्रीय समितिको विशेष सहयोग रहने बताइएको छ । शुभकामना आदानप्रदानको साथमा जोहोर क्षेत्रीय समितिको अधिबेशन पनि जोडिएकोले  कार्यक्रम साह्रै उत्साहजनक हुने अध्यक्ष मगरले बताइन् ।