क्वालालम्पुर (मलेसिया):= मलेसियाको अस्पतालमा उपचाररत रहनु भएका एक नेपाली श्रमिकको मृत्यु भएको छ । भवनको दुई तला माथिबाट खसेर गम्भीर अवस्थामा अस्पताल भर्ना भएका रोल्पाको रुण्टीगढी गाउँपालिका २ जौलीपोखरीका बिष्णुबहादुर बोहराको मलेसियामा मृत्यु भएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा करिबकरिब १५ महिना पहिले मलेसियाको ( Lot 2199, Jalan Nuri, Kg, Kampung Batu 9 Kebun Baru, 42500 Telok Panglima Garang, Selangor ) मा अवस्थित (DBTS Industries Sdn.Bhd.) नामक कम्पनीमा रोजगारीमा काम गर्न आएका बोहरा भवनको दुई तला माथिबाट खसेपछि उपचारार्थ अस्पताल भर्ना भएकोमा यहीँ २०२४ जनवरी ८ तारिखको बिहान ०२:०० बजेतिर मृत्यु भएको रोल्पाली सेवा समाज मलेसियाले बताए ।
बोहरा काम गर्ने क्रममा बिल्डिङको दुई तला माथिबाट लडेर गम्भीर घाइते भएका थिए । बोहरालाई ( TUNKU AMPUAN RAHIMAH HOSPITAL KLANG MALAYSIA ) मा राखेर विगत २ महिनादेखि उपचार गरिएको थियो । आवश्यक सम्पुर्ण उपचारको वावजुद पनि बोहरालाई बचाउन नसकिएको हस्पिटल स्रोतले बताए ।
जानकारी अनुसार आवश्यक कागजपत्रहरु तयार भएपछि मलेसियास्थित नेपाली दूतावासको समन्वय र रोजगारदाता कम्पनीको सहयोगमा मृतक बोहराको मृत शवलाई अन्तिम दाह संस्कारको लागि छिट्टै नेपाल पठाउने रोजगारदाता कम्पनीले बताए ।




















