इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म र हमासको अन्त्य नहुन्जेलसम्म युद्ध अन्त्य हुँदैन।

तेल अवीव:= इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा गरेको छ ।

विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उहाँको उद्घोष छ । ‘तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,’ उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ।

सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ ।

‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भन्नुभयो। उहाँले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।