आईतवार श्रमिकसंग अन्तरक्रिया छलफल गर्न राप्रपा अध्यक्ष लिङ्देन मलेसियामा।

क्वालालम्पुर (मलेसिया):= राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवास संगठन नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजना हुन लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको लागि राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन मलेसिया आईपुग्नु भएको छ ।

मलेसिया आईपुग्नु भएका अध्यक्ष लिङ्देनलाई स्वागत गर्नको लागि मलेसियाको लागी महामहिम नेपाली राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थल केयलआईएमा पुगेका थिए ।

यहीँ जनवरी ७ तारीख आईतवारको दिन पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट, अन्तरकृया कार्यक्रम तथा नेपाली प्रवासी एकता समाज मलेसियाको दोश्रो अधिवेशन ग्राण्ड कन्टिनेन्टल होटेलमा आयोजना हुने तय भएको छ ।

उक्त कार्यक्रममा मलेसिया रहेका नेालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताए ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य तोयानाथ लाम्साल र लोक नाथ तिवारी मलेसिया आईपुग्नुभएको अध्यक्ष कुंवरले जानकारी दिए ।

कार्यक्रमको अन्तिम तयारी समेत सकिएको आयोजकले बताएको छ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा राप्रपा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिक रुपमा सफल हुने आयोजकले दाबी गरेको छ ।

advertise