प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा।

काठमाडौं := प्रकाश सपुतको गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा रहेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । गीतमा शब्द तथा संगीत सपूत स्वयंको छ , भने स्वरमा उहाँलाई कुशल बेलबासे र प्रताप दासले साथ दिनुभएको छ ।

गीतको एरेञ्ज सुदीप सागरले गर्नुभएको हो । गीतको भिडियोमा प्रकाशसँगै कुशुम शर्मा, रोशनी कार्की, विजय पुनलगायतको अभिनय छ । नवराज उप्रेतीको छायांकन, प्रवीन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गर्नुभएको हो ।

गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ। तर, मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एकछिन् भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ ।

समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।