‘रोमानिया पठाइदिन्छु’ भनेर २१ लाख ठगेको आरोपमा बुढाथोकी पक्राउ।

काठमाडौं := वैदेशिक रोजगारीको लागि ‘रोमानिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–२ घर भएर काठमाडौँ स्थित बाङगेमुढा ढाल बहादुर बुढाथोकी छन् ।

५० वर्षीय ढालबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ती रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, रोमानिया पुगेपछि फुड प्याकिङ मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाक रुपैयाँ ) भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २१,३६,०००/- (अक्षेरुपी एक्काइस लाख छत्तिस हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेको हो ।

पीडितहरूबाट पटक पटक रकम लिएपनि उनीहरू सम्पर्क विहीन भएका थिए ।  आरोपीलाई असनबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।