हालै रिलिज भएको शाहरुख खानको फिल्म डंकीले ४०० करोडको आँकडा पार गर्यो।

मुम्बई:= हालै रिलिज भएको शाहरुख खानको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ। शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनीत यो फिल्मले दोस्रो सप्ताहन्तमा पनि उत्कृष्ट कमाई गरिरहेको छ।

रेड चिलीज इन्टरटेनमेन्टका अनुसार अहिलेसम्म डंकीले ४०० करोडभन्दा बढी कमाइ गरिसकेको छ। डंकीले १३ औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ ।

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको  फिल्म डिंकीले  अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ ।

गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।