मलेसियामा चम्किँदै प्रवासी नेपाली मञ्च, जोहोरमा पनि मञ्चको समिति पुनःर्गठन।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले पार्टी निकट प्रवास संङ्गठन प्रवासी नेपाली मञ्च मलेसिया, जोहोरबारु राज्य समिति पुन:र्गठन सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ क्षेत्रिय कार्यालय जोहोरबारुको सभाहलमा आईतवार सम्पन्न एक भेलाले सुर्य बस्यालको अध्यक्षता २५ सदस्यीय प्रवासी नेपाली मंच जोहोरबारु राज्य कमिटी पुनगर्ठन गरेको छ। जसको उपाध्यक्षमा क्रमश प्रेमनारायण श्रेष्ठ, कृष्ण बहादुर गुरुङ, सचीवमा राम बहादुर थापा, उपसचिवमा अम्बिका सारु र राजेन्द्र बन्जाडे रहेका छन् ।

यसैगरी सदस्यमा क्रमशःदिनानाथ बास्तोला,प्रदिप भट्ट बिक्रम शाही , नवीन लामा,जीवन बिक, दिपक पाण्डे, रुद्र गिरी, सन्देश कार्की , दुर्गानन्द मण्डल,मनोज बराइली,राम मंगल कुमार पाल,शसीराम कुवर बुद्धिराम रोका, महमद रिजवन , रमेश नेपाली, सुजन बिक,बिकास लामा, रोशन बानियाँ,अमनसिंह कठायत चुनिएका छन्।

प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रिय सदस्य नेत्र खड्काको अध्यक्षतामा भएको भेलामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमाल प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथिमा मन्चका केन्द्रीय सचिव कृष्ण खडका रहेका थिए।

यस्तै आईतवार बसेको पहिलो बैठकले तिन सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा बिकास पान्डे,बिनोद भण्डारी,जित बहादुर तामाङ रहेका छन्। कार्यक्रमको संचालन मञ्चका केन्द्रीय सदस्य छबिलाल गिरिले गरेको केन्द्रीय कमिटीका सचिव कृष्ण खडकाले जानकारी दिए।

पछिल्लो समय मञ्च मलेसियाको केन्द्रिय अध्यक्ष पदमा दयाराम कुमाल निर्वाचित भएसंगै मञ्चले तिब्रता लिएका छ्न । सामाजिक कामसंगै मलेसियाको विभिन्न राज्यमा मञ्चको राजनीतिक संगठन बिस्तार गर्नमा अध्यक्ष स्वयंम आफैं पनि अग्रसर हुँदै सहभागी भैइ लागिपरेका छ्न ।

यस भन्दा पहिले मञ्चले पेनाङ्ग राज्य र सेलाङगर राज्यमा कमिटि पुन:गर्ठन गरिसकेको छ , भने अन्य राज्यहरु पाहाङ,ईपो र मलल्का लगायत राज्यहरुमा पनि चाडैं मञ्चको राज्य कमिटी पुन:गर्ठन छिटै गरिने सचिव खड्काले बताए।

स्मरण रहोस् मलेसियामा रहेका आम-श्रमिकहरुको हक अधिकारको पक्षमा निरन्तर सेवा गर्दै आएको मञ्चले केहि हप्ता अघि जोहोर राज्यमा निधन भएका स्व. टेक बहादुर साँउदको शवलाई मञ्चलेनै नेपाली राजदूतावास मलेसियाको समन्वयमा आफ्नो सम्पुर्ण खर्चमा नेपाल पठाएको थियो। साँउद अबैधानिक रुपमा काम गर्दै आएका थिए।

साथै प्रवासी नेपाली मञ्चले पुर्व घोषणा अनुसार मलेसियामा विभिन्न कारणबस पीडित नेपाली श्रमिकहरुलाई नेपाली दूतावासको समन्वयमा हवाई टिकट नि:शुल्क दिएर सहयोग गर्दै आएका छ्न ।