चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनायो।

काठमाडौं := चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । रञ्जना सिनेप्लेक्स न्यूरोडलगायत तीनवटा हलमा ‘दिमाग खराब’ले ५१औं दिन मनाएको हो ।

काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सिनेमाले प्रदर्शनको ५१औं दिन मनाएकोमा खुशी साटासाट गरेको थियो ।

राजनीतिक तथा सामाजिक विषय उठान गरेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गर्नुभएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायत कलाकारको अभिनय छ ।