मलेसियामा हुने सोनाम ल्होछार कार्यक्रममा गायक/गायिका बुद्ध लामा र रेश्मा बोम्जन तामाङ आउने।

क्वालालम्पुर (मलेसिया) मलेसियामा स्थापित जातीय सामाजिक संस्था नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजना हुन लागेको मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार कार्यक्रममा सांगीतिक प्रस्तुति दिनको लागि नेपाली राष्ट्रिय कलाकारहरु गायक बुद्ध लामा र गायिका रेश्मा बोम्जन तामाङ आउने तय भएको छ ।

बिगतको बर्षहरुमा जस्तै यो नयाँ बर्ष सन् २०२४ फेब्रुअरी १० तारिख चाइनिज नयाँ बर्षको छुट्टिको अवसरमा नेपालको पहिलो गायन प्रतियोगिता “नेपाल आइडल” को विजेता चर्चित गायक बुद्ध लामा र चर्चित तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङको सांगीतिक प्रस्तुति र स्थानीय कलाकार हरुको सांस्कृतिक धमाकाको साथमा सोनाम ल्होछार पर्व मनाउन लागिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा आउने दर्शक लगायत सबैलाई प्रवेश नि:शुल्क रहेको होटल ग्रेण्ड कण्टिनेन्टलमा आयोजना हुन लागेको सो ल्होछार कार्यक्रम सम्पन्न बनाउन घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ्को अध्यक्षतामा संयोजक समिती बनाएको छ भने आर्थिक संयोजक घेदुङ्का बरिस्ठ उपाध्यक्ष बिक्रम वाईबा,उपाध्यक्ष छेवाङ पाख्रीन र सह कोष अध्यक्ष युनिक तामाङ् लाई जिम्मेवारी दिएको छ।

त्यस्तै अतिथि सत्कारको संयोजक मिलन दोङ तामाङ,कलाकार संयोजक जि बि तामाङ रहेको छ।
घेदुङ मलेसिया सन् २००५ देखि निरन्तर सामाजिक काममा सक्रिय रहदै आएको छ।

स्थापनाकाल देखि अहिले सम्म घेदुङ मलेसिया पनि श्रमिकले सम्झिने संस्था हो र अगामी दिनहरुमा पनि समस्य परेको श्रमिकहरुले घेदुङ मलेसियालाई सम्झिन अध्यक्ष मिनल थिङ ले अनुरोध गरेको छ। संस्थाको क्षमता अनुसार समस्यामा परेको श्रमिक हरु लाई सहयोग गर्ने अध्यक्ष थिङ ले बताए।