‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले चुमिन्।

काठमाडौं:= ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले चुम्नुभएको छ । काठमाडौंका खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । शुक्रबार साँझ होटल सोल्टिमा आयोजित एक समारोहबीच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणापहेली फष्ट रनरअप र शौनाक मल्ल सेकेण्ड रनरअफ बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअफ र मोनिका बुढाथोकी सेकेण्ड रनरअफ घोषित हुनुभयो ।

प्रतियोगितामा मोष्ट पपुलर छिरिङ फुष्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणापहेली र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम, मोष्ट स्टाइलिस लिसा बर्नवाल, आसुतोष थापा, वेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, वेष्ट फिगर मेधना श्रेष्ठ हुनुभयो । प्रतियोगितामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी)ले प्राप्त गर्नुभयो ।