क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले संबद्ध प्रवास कमिटी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाद्वारा सेलाङगोर राज्य कमिटी गठन गरिएको छ।
डिसेम्बर २५ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्डकन्टिनेन्टलमा भएको एक कार्यक्रमका बीच गोरख खवासको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरिएको हो ।
सेलाङ्गोर राज्य कमिटको अध्यक्षमा क्रमश: गोरख खवास, उपअध्यक्ष -बद्री आचार्य, उपअध्यक्ष -राजभक्त सुब्बा, सचीव – ईश्वर जोशी, सहसचीव -सुमित याक्खा, सहसचिव -मनोज बिष्ट, सदस्यहरु-कृष्ण प्रसाद सिग्देल, निमा तामाङ, रण ब बुढा मगर, सम्भु कुमार साहनी, आसिक लामा, किस्मत मगर,नेब बहादुर ओली रहेका छ्न ।
राज्य कमिटी गठन कार्यक्रममा प्रमुख अतिथि मञ्च मलेसियाको केन्द्रिय अध्यक्ष दयाराम कुमाल रहेको थियो भने बिशिस्ट अतिथिमा सल्लाहकार परिषदको अध्यक्ष शेर बहादुर गुरुङ, मञ्चको उपाध्यक्ष जीवन देवन गाउँले ,मञ्चका सचीव कृष्ण खड्का,मञ्चका सदस्य टोप नारायण भण्डारी र बुद्धिजीवी रामचन्द्र लोप्चन लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
यश अघि पेनाङ राज्य कमिटी बिस्तार भएको थियो। त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य दिदै अध्यक्ष कुमालले मलेसियाको सबै राज्यमा राज्य कमिटी गठन गर्ने बताउदै। संगठनमा लागि परि राख्नु भएका नेकपा एमाले पार्टी प्रती आस्था राख्ने मलेसियावासीलाई कटिबद्ध भएर बस्न अनुरोध गर्दै पार्टी सदस्य नरहेको अबस्थामा पार्टी फारम भर्दै संगठित बन्न अनुरोध गरेका थिए।
त्यस्तै मञ्चले घोषणा गरे अनुसार विभिन्न कारण मलेसियाबाट घर फर्किन नसक्ने पीडित नेपालीलाई टिकटको उपलब्ध गर्दै आएको छ भने पीडितलाई टिकट बाहेक अरु सहयोग गर्नु परेमा संस्थाले आवश्यकता अनुसार सहयोग गर्ने पनि मञ्चका सचिव कृष्ण खडकाले बताए।



















