‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिए।

काठमाडौं := ‘मोडल हन्ट नेपाल २०२३’का लागि प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर ३८ प्रतियोगी छानिन सफल भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले जनाएको हो ।

छानिएका प्रतियोगीमा १६ मेल र २२ फिमेल छन् । प्रतियोगीताको यो आठौं संस्करण हो । छानिएका सबै प्रतियोगी अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन् ।

प्रतियोगीताको फाइनल स्पर्धा आगामी २९ डिसेम्बर अर्थात यहि पुस १२ गते होटल सोल्टीमा आयोजना हुँनेछ । प्रतियोगीता सांगीतिक कार्यक्रमसहित भब्य रुपमा आयोजना हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी गराउनुभयो ।

प्रतियोगीताको मेल विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।