नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित सुनिल मोक्तानलाई स्वागत तथा छलफल सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

थाइल्यान्ड,सिङ्गापुर हुँदै त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास शाखा मलेसिया परिवारका पदाधिकारीहरु उपस्थित भएका थिए।

भेटघाट साथै औपचारिक कार्यक्रममा बिभागीय प्रमुख मोक्तानले घेदुङमा बिगत ३० बर्ष देखि घेदुङमा लागि परि रहे पनि घेदुङ्ले गरेको संघर्षले सफल पाउन नसक्दा दुख लागेको बताए। त्यस्तै घेदुङ मलेसिया परिवारलाई प्रवासमा भए पनि तामाङ नेताहरुले गर्दै आएको कामहरुमा खबरदारी गर्न अनुरोध गरे।

त्यस्तै हामिले अधिकार प्राप्त गर्न अझै संघर्ष गर्न पछि नपर्ने बताए र तामाङ ले अधिकार र नेतृत्व नपाउनु भएको तामाङ हरुको एक आपासमा लड्नु मुख्य कारण रहेको बताए त्यस्तै कार्यक्रममा प्रवास कार्य समिति लाई प्रशिक्षण दिएका थिए।

त्यस्तै स्वागत कार्यक्रम न्यू खुकुरी रेस्टुरेन्टमा भएको थियो , भने कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र वाईबा,केन्द्रिय सदस्य  मिलन दोङ लगायतले मन्तव्य राखेका थिए । त्यस्तै सो कार्यक्रमको अध्यक्षता घेदुङ प्रवास शाखा मलेसियाका अध्यक्ष मिलन थिङ ले गरेका थिए। मलेसिया भ्रमणमा रहेका बिभागीय प्रमुख मोक्तान हेटौंडा उप-महानगरपालिका वडा न.१५ का जन निर्वाचित वडा अध्यक्ष पनि हुन।