पूर्वमिस नेपाल खतिवडा र कान्तिपुरका मालिक सिरोहियाबीच विवाह सम्पन्न

काठमाडौं := पूर्वमिस नेपाल शृंखला खतिवडा विवाह बन्धनमा बाधिनुभएको छ । उहाँ बिहीबार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिनु भएको हो ।

काठमाडौंको हायात होटलमा उहाँहरूको विवाह भएको हो। विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी थिए । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

सामाजिक सञ्जालमा विवाहका तस्वीर र भिडियो सार्वजनिक भएका छन् । शृंखला पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुनुहुन्छ भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुनुहुन्छ ।