तेल अवीव:= इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरी गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् ।
तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ। सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदाम र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ । रासस/एएनआई ।




















