स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी सी ५१ मोडलको मुल्यमा छुट।

काठमाडौं := स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी सी ५१ छुट मूल्यमा उपलब्ध गराएको छ । १५ हजार नौ सय ९९ रुपैयाँको रियलमी सी ५१ अब १४ हजार नौ सय ९९ रुपैयाँमै उपलब्ध हुनेछ ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘हामी सदैव हाम्रा ग्राहकलाई नयाँ-नयाँ प्रविधि आकर्षक मूल्यमा प्रदान गर्न प्रतिबद्ध छौँ । त्यही प्रतिबद्धता कायम राख्दै हामीले रियलमी सी ५१ को मूल्यमा छुट प्रदान गरेका छौँ ।’

फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामेरा रहेको रियलमी सी ५१, २८ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुनसक्छ । १२८ जिबी स्टोरेज भएको रियलमी सी ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलका लागि पर्याप्त स्पेस रहेको कम्पनीले जनाएको छ ।

चार जिबीको बिल्ट-इन र्‍यामका साथै डिआरइ टेक्नोलोजीमार्फत् थप चार जिबी र्‍याम बढाउन पनि मिल्छ । यसमा रहेको ५० मेगापिक्सेल एआई क्यामराले असाधारणरूपमा आकर्षक तस्बिरहरू निकाल्छ ।