अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जित्यो।

काठमाडौं:= अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगीतामा मिसतर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेसतर्फ विजेता भेनेजुएलाकी बुवान्दर जिर्लेथ क्यासानोभा चुम्नुभएको छ । हाराले मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्डसमेत प्राप्त गर्दा क्यासानोभाले मिसेस् पर्सनालिटीको अवार्ड हात पार्न सफल हुनुभयो ।

थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा आयोजित प्रतियोगीतामा मिसेस्तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्यूजिल्याण्डकी एली स्मिथ लाइन्स सेकेण्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्सअप हुनुभयो ।

त्यसैगरी, मिसतर्फ नाइजेरियाकी टे«सी सोलोमोन फष्ट रनर्सअप, मेक्सिकोकी भ्यानेली उलेट सेकेण्ड रनर्सअप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्सअप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट हुनुभयो । इप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगीता आयोजना भएको थियो ।

ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटा हुनुहुन्छ। प्रतियोगिताको संयोजनमा सुसान कोह रहनुभएको थियो । प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श रहनुभएको थियो । कार्यक्रमको सञ्चालन पनि रोजिन आफैंले गर्नुभएको थियो ।

प्रतियोगिताको अफिसियल फोटोग्राफरका रूपमा बेन्जी योङ हुनुहुन्थ्यो भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न दुर्गा बिशुराल, आशिष कँडेल र पूर्वमिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रूपमा रहेको थियो । प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरूको पनि यसै वर्षदेखि सुरुवात गरिएको थियो ।

सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिष्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।