हमास-इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर हृवात्तै बढयो।

एजेन्सी := हमास-इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर हृवात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताउनुभएको छ। नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भन्नुभयो, ‘हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विस्फोटको परिणामस्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौं ।’

‘हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्’, जैशले भन्नुभयो । उहाँले भन्नुभयो, ‘यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारलाई गिरफ्तार गर्‍यो, हजारौं कामदारलाई बर्खास्त गर्‍यो र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेष्ट बैंकमा निष्कासित गरेको थियो ।’

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासि आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ । रासस/सिन्हृवा ।