[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर बिगत १६ बर्षदेखि घरपरिवारसंग गुमनाम भैई बेपत्ता अवस्थामा रहेका एक नेपाली कामदारको उद्दार गरि स्वदेश फर्काइएको छ ।
मलेसियामा स्थापित नेपाली कांग्रेस निकट प्रवास समिति “नेपाली जनसम्पर्क समिति” मलेसियाको सभापति चोलाकान्त पंगेनीको बिशेष सहयोग सक्रियता तथा नेपाली कांग्रेस पार्टीको केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्माको विशेष पहल र नेपाली राजदूतावासको सहयोग,समन्वयमा झापा मेचीनगर ६ निवासी गोपाल घिमिरेको मलेसियाबाट उद्दार गरि आज मिति सन् २०२३ नोभेम्बर २४ तारिख शुक्रवारको दिन स्वदेश फर्काइएको हो ।


गोपाल लामो समय देखि परिवार संग सम्पर्क बिहिन भएपछि घरमा उनका आमाले छोरालाई घर फर्काउन खोजिगर्नका लागि विभिन्न निकाय र सामाजिक संजालमा आमाले हारगुहार गरेको चितकार सुने पछि गत अगस्ट २४ तारिख केन्द्रिय महामन्त्री शर्माले नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी संग फोनमार्फर गोपाललाई खोजि गर्नका लागि अनुरोध गरे पश्चात् समितिका सभापति पंगेनी नेपालीका लागि मलेसियामा रहेको नेपाली राजदुतावास गएर गोपालको खोजि गरेर नेपाल फर्काउनका लागि समन्वय गरेका थिए ।

उक्त समितिको समन्वय पश्चात् नेपाली दूतावासले गोपालको खोजि गर्न र उनलाई देख्नु हुने र भेट्नुहुने नेपाली दाजुभाइहरुलाई दूतावासमा सम्पर्क गरिदिनु हुनु हार्दिक आह्वान गरे लगतै गोपाल सम्पर्कमा आएका थिए।
मलेसियामा भागेर अवैधानिक हैसियतमा कार्यरत गोपाल सम्पर्कमा आउन साथ केन्द्रिय महामन्त्री शर्मा र मलेसियाका सभापति पंगेनी, र गोपालको आमा सामाजिक संजालको म्यासेन्जरमा भिडियो कलमा छलफल कुराकानी गरेका थिए ।

सभापति पंगेनीले नेपाली राजदुतावास संग समन्वय गरी उनलाई नेपाल फर्काउन चाहिने आवश्यक कागजात बनाएर , कानुनी प्रक्रिया पूरा गराएर स्वदेश फर्काइएको हो । घर फर्किन आवश्यक प्रक्रिया पूरा गर्न लाग्ने खर्च मध्य सभापति पंगेनीले आफ्नो व्यक्तिगत तर्फबाट आरएम १४८० रिंगेट र केन्द्रिय महामन्त्री शर्माले आरएम ८९२ रिंगेट दिएका छन्।
उनलाई घर फर्कन चाहिने नेपाली राजदूतावास बाट जारी हुने आवश्यक कागजातहरु दुतावासले निशुल्क उपलब्ध गराएर सहयोग गरेका हुन । सभापति पंगेनीले गोपाल घिमिरेलाई घर फर्काउन सहजीकरण गरिदिनु हुने नेपाली जनसम्पर्क समितिका महामन्त्री हरिप्रसाद कोईराला लगायत सम्पुर्ण पदाधिकारी , नेपाली दूतावासका कर्मचारी लगायत सहयोगी सबैजनामा हार्दिक धन्यवाद ज्ञापन गरेका छ्न ।
नेपाली जनसम्पर्क समिति मलेसिया नेपाली राजनीतिक पार्टीको प्रवास संगठन भएता पनि मलेसियामा नेपाली कामदार हरु माथी आईपर्ने दु:ख, पिडामा सक्दो आर्थिक भौतिक सहयोग गर्दै आएका छ्न ।





















