एजेन्सी := भारतका विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुर्नामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिनुभएको छ । भारतलाई अपराजित रहँदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । कोहलीले विश्वकप २०२३ मा ११ खेलमा तीन शतक र ६ अर्धशतकसहित ७६५ रन बनाउनुभएको थियो ।
उहाँले न्युजिल्याण्डविरुद्ध ११७ रन बनाउनुभएको थियो। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १०१ रन बनाउनुभएको थियो । कोहलीले सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक हान्दै ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बनाउनुभएको थियो । उहाँले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोड्नुभएको थियो ।




















