भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो।

एजेन्सी:= ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप क्रिकेट खेलको उपाधि जितेको छ ।

आईतवार भारतको अहमदाबाद स्टेडियममा भएको फाइनल भिडन्त खेलमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।

अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए । यस्तै मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।

अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खचाखच भरिएका एक लाख ३० हजारभन्दा बढी समर्थक निराश बनेका थिए ।

अस्ट्रेलियाले यसअघि पनि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो । अहिले सन् २०२३ को उपाधीसंगै अस्ट्रेलियाले ६ पटक उपाधी हात पारेका छ्न ।भारत सन् १९८३ र २०११ को विजेता हो ।