क्वालालम्पुर (मलेसिया):= कमेडि च्याम्पियन, कमेडी क्लब च्याम्पियन तथा डान्स मास्टर रियालिटी-सो को नयाँ प्रमुख लगानीकर्ता निर्माता निर्देशक (प्रोड्युसर/डाइरेक्टर) मा समाजसेवी हरिप्रसाद भट्टराई चयन भएका छ्न ।
भट्टराई आफ्नो ब्यक्तिगत ब्यापार , ब्यावसायको अलावा बिगत लामो समयदेखि गैर आवासीय नेपाली संघ (एनआरएनए) संस्थासंग जोडिएर समाजसेवा गर्दै आएका छ्न । भट्टराई अहिले एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा हुनुहुन्छ ।
थ्री प्रोडक्सन प्राइभेट लिमिटेड कम्पनीले टेलिभिजनमार्फत नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेका छ्न । सोही थ्री प्रोडक्सन कम्पनीले संयोजक (आरसी) भट्टराईलाइ कमेडी च्याम्पियन, कमेडी हब तथा डान्स मास्टर रीयलिटी-सो को प्रमुख निर्माता / निर्देशकमा चयन गरेको हो ।
अहिलेका नयाँ नेपाली युवापुस्ताका कलाकारहरुलाई प्रोत्साहन र सुन्दर भविष्य निर्माण गरिदिने तथा नयाँ प्रतिभाको पालनपोषण र उत्पादन गर्ने प्रालिको उदेश्य हो, र सोही उदेश्यलाई सघाउ पुगोस् भन्दै भट्टराईले लगानी गरेका हुन । सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका भट्टराईलाइ कम्पनीले लगानीकर्ता निर्देशकमा पाउँदा खुसि व्यक्त गरेका छ्न ।
भट्टराईले मलाया खबरसंगको संबादमा भन्नुभयो,”मैले चाहेको भए आफुले दु:ख गरेर कमाएको सम्पत्तिबाट जग्गा किन्ने अथवा अन्य केहि क्षेत्रमा आफ्नै लागि राम्रो फाइदा हुने क्षेत्रमा लगानी गर्न सक्थे , तर मेरो सोच र उदेश्य भनेको बिकट गाउँघर तिर , विदेश तिर पलायन भएका कलाकारिता क्षेत्रमा राम्रो प्रतिभावान क्षेमता भएर पनि आफ्नो कला देखाउने ठाउँ नपाएका नयाँ युवापुस्तालाई कला क्षेत्रमा अगाडि बढ्न हौसला र नयाँ प्ल्याटफर्म मिलोस र आफ्नो प्रतिभा देखाएर अगाडि बढन् सकुन् भन्ने उदेश्यलेनै मैले थ्री प्रोडक्सनमा लगानी गरेको बताए ।”