काठमाडौं := एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने उदेश्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् ।
गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् ।