किर्ते कागज गरेर,झुठो मुद्दा लगाएर नियोजित तरिकाले फसाउन खोजिरहेको छ: अध्यक्ष थापा।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= किर्ते कागज गरेर लगाइएको झुठो मुद्दामा मुछिएका नेपाली म्यानपावर ब्यावसायी एवम् गैर आवासीय नेपाली संघ ( एनआरएनए ) मलेसियाका बर्तमान अध्यक्ष समाजसेवी ब्यक्तित्व बिनोद थापाले आफूमाथी नियोजित तरिकाले मुद्दा लगाइ फसाउन खोजेको बताए ।

थापाले भने, “पछिल्लो समय म एनआरएनए मलेसियाको दोस्रोपल्ट अध्यक्ष पदमा निर्वाचित भैइसके पश्चात् म र मेरो सफल ब्यावसायमाथि एक समुहले यतिबेला नियोजित तरिकाले गिद्धे नजर राख्दै विभिन्न तरीकाका प्रपञ्च र षड्यन्त्र रच्दैँ आफूलाई कानुनी उल्झनमा फसाउने षड्यन्त्र गरिएको तर त्यो सफल नभएको मलाया खबरसंगको फोन संवादमा बताए ।”

थापाले बताए अनुसार करिबकरिब २५ बर्ष पुरानो एउटा आफ्नो पर्सनल ब्यावसायी – ब्यावसायी बीचको आपसी लेनदेनको विषयको मुद्दा  , जुन मुद्दाको पहिल्यै मिलापत्र भैसकेको र कानुनी रुपमा आफू तल नपर्ने मिलापत्र कागज समेत आफूसंग सुरक्षीत रहेको हुँदाहँुदै पनी ति ब्यक्तीले फ़ेरि अहिले आएर नियोजित तरिकाले अन्य व्यक्तिको उक्साहटमा आएर किर्ते कागज बनाएर पुनः झुठो मुद्दा लगाएर चाँडबाड्को मुख्खैमा फसाएर अनावश्यक तरिकाले दु:ख दिने नियतले आफूमाथी उजुरी दिइएको थापाले स्पष्ट पारेका छ्न ।

भोजपुर षडानन्द नगरपालिका १ हाल काठमाडौं निवासी बिनोद थापा मलेसियामा स्थापित एक सफल नेपाली ब्यावसायी हुन। कागज किर्ते गरेर मुद्दा लगाएको विषयमा मलाई कसैले पक्राउ गरेको छैन , मलाई प्रहरी परिसरबाट फोन आईसके पश्चात् मेरो कर्तव्य सम्झेर आफैं भक्तपुर प्रहरी परिसरमा गत सोमबार आफैंले उपस्थित भएर स्पष्टीकरण दिन पुगेको बताउँदै मुद्दाबाट केहि हदसम्म मुक्त भएको पनि जानकारी गराए ।

उहाँले भन्नुभयो , जो मानिस आफैं तस्करीको अवैध बाटो प्रयोग गरेर नेपालीलाई विदेश पुर्याउछ , म्यानपावर सम्बन्धि ब्यावसायमार्फत कालो धन्दा गर्छ त्यस्तो मान्छेले किर्ते कागज गरेर मलाई फसाउँन खोजेका थिए तर उनको ती प्रयास सफल हुने छैनन् , र म माथी बाहिर विभिन्न मिडियामा आएका कुराहरू पनि निराधार रहेको थापाले बताए ।

थापा एनआरएनए मलेसियाको बर्तमान अध्यक्ष पनि हुन। उनले आफ्नो कार्यकालभर मलेसियामा दु:ख पिडामा रहेका हजारौं नेपालीलाई आर्थिक भौतिक सहयोग समेत गर्दै आएका छ्न , भने अहिलेसम्म हजारौं श्रमिकलाई हवाई टिकट दिएर स्वदेश फर्कन सहयोग गरेका छ्न ।

त्यस्तै अध्यक्ष थापाकै पहलमा विशेषगरि पीडित र बिरामी नेपाली श्रमिकको उदेश्यको लागि एनआरएनएको आफ्नै ब्यवस्थित कार्यालय , अफिस र (transit point) सेल्टर हाउँस स्थापना गरेर सञ्चालनमा ल्याए ।

सेल्टर हाउँसले बिरामी परेका र स्वदेश फर्किनलाई क्वालालम्पुर , नेपाली दूतावास क्षेत्रमा आएर आर्थिक अभावमा रातीको समयमा बाँस बस्ने ठाउँ नपाएर पुलमुनी रात बिताउने , भौतारिरहने नेपाली श्रमिकहरुलाई ठूलो राहत मिल्यो । सेल्टर हाउसमा चारवटा कोठा छ्न , जसमा एउटा् कोठामा खाना पकाउन मिल्ने सबै सामाग्री राखिएको छ । तातो र चिसोपानी पिउन मिल्ने पानी फिल्टर मेसिन पनि राखिएको छ ।

थापा मलेसियामा साधारण श्रमिकका रुपमा रोजगारीमा आएर काम गर्दागर्दै ब्यावसाय , ब्यापारमा होमिएका हुन। थापाले रेष्टुरेन्ट ब्यावसाय, आफ्नै सुरक्षागार्ड कम्पनी लगायतको क्षेत्रमा जमेर काम गर्दै नेपाली श्रमिक उद्दार र सामाजिक कार्यमा समेत उतिकै सक्रिय रहि काम गर्दै आएका छ्न ।

advertise