[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया नेपाली हरुको लागि श्रम गन्तव्य मध्यको एक प्रमुख गन्तव्य देश हो । मलेसियामा अहिले पनि करिबकरिब ४ लाखको हाराहारीमा नेपाली हरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न।
कोभिड-१९ को माहामारीपछि पछिल्लो बर्षयता मलेसिया रोजगारीमा आउने नेपालीको संख्या समेत ह्वात्तै बढेको छ। मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार कोभिड-१९ पश्चात् अहिलेसम्म मलेसिया आएका नयाँ नेपाली कामदारको संख्या १ लाख ७५ हजारको हाराहारीमा रहेको बताए ।
दूतावासका द्धितिय सचिव एवम् सूचना तथा प्रशासन शाखा प्रमुख प्रेम बहादुर बुढथापाले मलाया खबरलाई बताए अनुसार पछिल्लो तथ्यांकअनुसार मलेसियामा वैधानिक र अवैधानिक हैसियतमा बसोबास गरिरहेका विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपालीहरुको संख्या ४ लाखको हाराहारीमा रहेको बताए।
नेपालबाट जति धेरै मलेसिया आउने नेपालीको संख्या बढ्दो छ् , त्यतिनै धेरै यहाँ मलेसियामा आएर केहि महिनापछि आफ्नो रोजगारदाता कम्पनी छाडेर भाग्ने नेपालीको संख्या पनि उतिकै बढ्दै गैइरहेको प्रति दूतावासले चिन्ता व्यक्त गरेका छ्न ।
नेपालबाट मलेसिया रोजगारीमा आएका नयाँ नेपाली कामदार हरुलाई आफू आएको रोजगारदाता कम्पनी छाडेर नभाग्न दूतावास ले सबैमा सार्वजनिक अनुरोध गरेका छ्न्।
द्धितिय सचिव थापाले मलाया खबरसंग बोल्दै भने , “पछिल्लो समय रोजगारदाता कम्पनी छाडेर भाग्ने नेपालीहरुको संख्या एकदमै धेरै बढ्दै गैइरहेको छ , भागेको कारण अवैधानिक भएकोले कामदारलाई धेरै समस्या हुने गरेको छ , अवैधानिक भएको कारण बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने , सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने , पैसा फस्ने , अध्यागमन बिभाग (इमिग्रेशन)द्वारा पक्राउ परेमा कम्तिमा पनि ३ महिनासम्म जेल कैद सजाय हुन सक्ने लगायत अत्याधिक धेरै समस्याको सामना कामदारले गर्नुपर्ने भएकोले सकभर आफ्नो कम्पनी छाडेर नभाग्न सचिव थापाले अनुरोध गरे।”
मलेसियामा सक्रिय एजेन्टहरुको लोभलाग्दो कुरामा लागेर प्रलोभनमा परेर नेपाल बाट मलेसिया आउने बितिक्कै कम्पनी छाडेर भागेका र बिशेषगरि यहीँ बर्ष सन् २०२३ भित्र भिसा सकिएकाहरुले नयाँ पासपोर्ट बनाएर कम्पनी परिवर्तन गरेर नयाँ भिसा लगाउने कोशिस गरेता पनी त्यस्ता नेपाली लगायत जुनसुकै देशको कामदारहरु लाई भिसा दिन नसकिने मलेसियास्थित अध्यागमन बिभागले बारम्बार आफ्नो सूचनामार्फत प्रष्ट पार्दै आएका छ्न ।
भिसा लाग्दैन भन्ने थाहा हुँदाहँुदै पनि इमिग्रेशनको सूचनालाई अस्विकार बेवास्ता गर्दै नेपाली एजेन्टको कुरामा लागेर नयाँ पासपोर्ट बनाउँदै , पैसा फसाउँदै अन्त्यमा दूतावासको शरणमा रुदैँ आउने नेपालीको संख्या पनि धेरै रहेको र यस्तो मुद्दाहरुमा एजेन्टलाई पैसा दिइएको प्रमाण समेत नहुने गरेकोले संबंधित निकाय र दूतावासले सहयोग गर्न अप्ठ्यारो हुने गरेको पाइएको छ ।