सामाजिक सञ्जाल टिकटकलाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, सरकार उल्टो बाटो हिड्यो: महामन्त्री थापा।

काठमाडौं := नेपाली कांग्रेस पार्टीका केन्द्रिय महामन्त्री गगनकुमार थापाले विश्वभर चर्चित सामाजिक सञ्जाल ‘टिकटक’ नेपालमा बन्द गर्ने सरकारको निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’ उनले फेसबुकमा लेखेका छन् ।