नेपाल तामाङ घेदुङ मलेसियाले मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार मनाउने।

क्वालालम्पुर (मलेसिया) मलेसियामा स्थापित जातीय सामाजिक संस्था नेपाल तामाङ घेदुङ मलेसियाले सदाको बर्षहारुमा झैं आउने बर्ष २०२४ फेब्रुअरी १० तारिखको दिन मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार मनाउने तय भएको छ ।

आइतबार क्वालालम्पुरको कोतारायास्थित थाली रेस्टुरेन्टमा भएको छलफलबाट ल्होछार मनाउने निर्णय गरेको हो। बिगतको बर्षहरुमा जस्तै यो बर्षमा पनि चर्चित सेलो गायक/गायिकाहरु स्थानीय कलाकार हरुको साथमा सोनाम ल्होछार मनाउने तय भएको हो ।

ल्होछार सम्पन्न बनाउन घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ्को अध्यक्षतामा संयोजक समिती बनाएको छ भने आर्थिक संयोजक घेदुङ्का बरिस्ठ उपाध्यक्ष बिक्रम वाईबा,उपाध्यक्ष छेवाङ पाख्रीन र सह कोष अध्यक्ष युनिक तामाङ् लाई जिम्मेवार दिएको छ।

त्यस्तै अतिथि सत्कारको संयोजक मिलन दोङ तामाङ,कलाकार संयोजक जि बि तामाङ रहेको छ भने ल्होछारको लागि निमन्त्रणा गरिने कलाकारको नाम भने टुंगो लाग्न बाँकी रहेको छ।

घेदुङ मलेसिया सन् २००५ देखि निरन्तर सामाजिक काममा सक्रिय रहदै आएको छ। स्थापनाकाल देखि अहिले सम्म घेदुङ मलेसिया पनि श्रमिकले सम्झिने संस्था हो र अगामी दिनहरुमा पनि समस्य परेको श्रमिकहरुले घेदुङ मलेसियालाई सम्झिन अध्यक्ष मिनल थिङ ले अनुरोध गरेको छ।

संस्थाको क्षमता अनुसार समस्य परेकी श्रमिक लाई सहयोग गर्ने पनि अध्यक्ष थिङ ले बताए। त्यस्तै घेदुङ मलेसियाले ल्होछार मनाउने भए पनि स्थान भने टुंगो लाग्न बाँकी रहेको र अबको केहि दिनमा स्थान पनि टुंगो लाग्ने जनाएको छ।