एसिया प्यासिफिक क्षत्रीय संयोजक RC मा मलेसिया ले सर्बसहमत उम्मेद्बार चयन गरेका व्यावसायि हरिप्रसाद भट्टराई गत १७ अक्टोबर देखि २० अक्टोबर सम्म काठमाडौ स्थिति सोल्टी होटल मा सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मन्वय परिषदको निर्बाचनमा एसिया प्यासिफिक क्षत्रीय संयोजक (RC) मा भारी मतका साथ निर्बाचित भएका भट्टराई लाई NNC मलेसियाले भब्य स्वागत गरेको छ ।
निर्बाचित भएपश्चात् पहिलोपटक व्यावसायिक प्रायोजनका लागि केही दिन मलेसियामा रहने गरि मलेसिया पुगेका भट्टराई लाई खादामाला लगाइ अन्तर्राष्ट्रिय बिमान स्थल क्वालालम्पुर मै पुगेर स्वागत गरेका हुन ।
स्वागत गर्न NNC मलेसियाका उपाध्यक्ष हेमराज साप्कोटा मलेसियालि पर्यटन प्रबर्द्धन गर्नकालागि टुरिजम गुडविल एम्बेसडर नेत्र केसी व्यावसायि टेक टमेटा व्यावसायि सुरेस देबकोटा लगाएत पत्रकार हरुले स्वागत गरेका हुन ।
भट्टराई केही दिनको लागि व्यावसायिक प्रायोजन र आफुलाइ निर्बाचि गराउन महत्त्वपूर्ण भुमिका खेलेको NNC मलेसिया लाई सम्बोधन गर्न मलेसिया गएका हुन ।


















