तमु समाज मलेसियाद्वारा मुप्री ल्हो-ल्होसार संस्कृतिक कार्यक्रम- २०८० आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= तमु ( गुरुङ ) समुदायको मौलिक भेषभुषा ,भाषा ,कला, संस्कार,संस्कृति र पहिचान लाई संरक्षण, प्रबर्द्धन गर्ने उद्देश्यका साथ मलेसियामा मुप्री ल्हो-ल्होसार संस्कृतिक कार्यक्रम- २०८० भब्य मनाउने तयारी थालेका छन् ।

सन् २००३ देखीनै मलेसियामा स्थापित संस्था नेपाल तमु समाज मलेसिया ले बिगतका बर्षमा झै यसपाली पनि नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार चर्चित लोकदोहोरी गायक शितल गुरुङ र बहुप्रतिभाशाली राष्ट्रिय कलाकार गायिका उषा गुरुङ को साथमा ल्होसार कार्यक्रम मिति सन् २०२४ जनवरी १ तारिख एरिना स्टार होटलमा आयोजना गर्ने तीब्र तयारी थालिएको तमु समाज मलेसियाको अध्यक्ष समिर गुरुङले बताउनुभयो ।

साथै ल्होसारमा स्थानीय कलाकार, तमु समाज मलेसिया का कलाकारहरु ले गुरुङ हरुको संस्कार, संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति हरु पस्किने तयारी पनि भैइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

तमु समाज मलेसियाले आफ्नो जातीय समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्वमाझ चिनाउनेसंगै यहाँ भैइपरि आएको खण्डमा पीडित नेपाली श्रमिक हरु लाई आर्थिक भौतिक सहयोग समेत गर्ने गरेका छ्न ।