गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ७ हजार नाघ्यो।

EDITORS NOTE: Graphic content / A man carries a crying child as he walks in front of a building destroyed in an Israeli air strike in Gaza City on October 7, 2023. Palestinian militants have begun a "war" against Israel which they infiltrated by air, sea and land from the blockaded Gaza Strip, Israeli officials said, a major escalation in the Israeli-Palestinian conflict. (Photo by Mohammed ABED / AFP)

एजेन्सी:= गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि  मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।  उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ ।