मलेसियाको मलकामा मलेसिया ब्यापी भलिबल खेल हुँने।

सगरमाथा युवा क्लब मलेसियाले मलेसियाको मलका राज्यमा भलिबल खेल आयोजना गर्ने भएको छ ।
बाचाङ वान डे पुरुष भलिबल कप २०२३ नाम दिएर बिकास ,अनुशासन ,गतिशीलता भन्ने नारा सहित क्लबले खेल आयोजना गर्न लागेको हो ।

क्लबले खेल एहि आउने november 5 का दिन एक दिवसीय खुला नकआउट भलिबल प्रतियोगिता सन्चालन गर्ने भएको छ । मलेसियामा रहेका खेलाडिहरुलाई उक्त प्रतियोगितामा सहभागी हुन अपिल गर्दै november 4 सम्ममा टिम दर्ता गराइसक्नुपर्ने र खेल १ दिवसीय भएको हुदा खेल दिउसो नसकिए खेलाडीहरुले राती पनि खेल खेल्नुपर्ने खेल सम्योजक प्रदिप बोहराले जानकारी गराए।


खेल सम्योजक बोहरालका अनुसार खेल दर्ता सुल्क Rm – 699 तोकिएको र खेलमा प्रथम हुने टिमले Rm-4011 साथमा ट्र्फि,मेडल ,प्रमाणपत्र दोस्रो हुनेले Rm-2505 साथमा ट्रफि ,मेडल प्रमाणपत्र
तेस्रो हुने टिमले Rm-1111 ट्रफि पुरस्कार दिने तथा बिधागत उत्कृष्ट खेलाडी लाई समेत उचित पुरस्कार दिने तय भएको जानकारी दिए।


आयोजक समितिले सम्पर्कको लागि कल्ब भित्रका ब्यक्तिहरुलाई सम्पर्क गरेर खेलमा सहभागी हुन तथा
खेलको शोभा बढाई दिन अनुरोध गरेको छ

प्रदिप बोहरा – 0102229920
सनम मगर – 0146262799
दावा तामाङ – 0172565068
देउ कुमार गुरुङ -0182230750