बडादशैंको सातौँ दिन आज विभिन्न शक्तिपीठ, दसैँघर, घरहरुमा फूलपाती भित्र्याइँदै।

sf7df8f}F, !* c;f]h -/f;;_ M a8f bz}Fsf] ;ftf}F lbg zlgaf/ uf]/vfb/jf/af6 NofOPsf] km"nkftL sf7df8f}Fsf] xg'dfg9f]sfdf leqofOFb} . t:jL/ M gjLg kf}8]n

काठमाडौँ:= आज विजया दशमी बडादशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दसैँघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ ।

काठमाडौंमा हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ । फुलपाती दुई थरिका जातिले भित्र्याउने चलन रहेको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने गरिएको छ ।

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्यान्डबाजा, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चेबाजा र नाचगानका साथ फुलपाती भित्र्याउने गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेको समयदेखि शुरु भएको फुलपाती भित्र्याउने परम्परा कायम छ । आजकै दिन राती कालरात्रि देवीको पूजा समेत गरिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ। नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो।