काठमाडौं := आस्था राउतको स्वरमा रहेको नयाँ गीत ‘लै बरि लै’ सार्वजनिक भएको छ । सावित्री राउतको शब्द, सुरेश अधिकारीले संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको ‘लै बरि लै’मा आस्था आफैँले मोडलिङ गर्नुभएको छ । ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गर्नुभएकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गर्नुभएको थियो ।
त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिनुभएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गर्नुभएको छ । गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।
किरण थापाको निर्देशन रहेको भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलगायतको उपस्थिति देखिइको छ ।




















