गैरीगाउँ सामूहिक हत्याकाण्डका आरोपित सञ्जय भण्डारीलाई थुनामा पठाउने आदेश।

काठमाडौं:= गैरीगाउँ सामूहिक हत्याकाण्डका आरोपित सञ्जय भण्डारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार थुनछेक बहसपछि अदालतले भण्डारीलाई थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी आदेश गरेको हो ।

उनीमाथि आजीवन जन्मकैद मागदाबी गर्दै अभियोग पत्र दायर भएको थियो । २९ भदौंमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे–९ घर भएका भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।