चाडपर्वका बेला आन्तरिक हवाई जहाजहरुले भाडावृद्धि गरे कारवाही गर्छौ: नागरिक उड्डयनमन्त्री किराती।

काठमाडौं := संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री किरातीले भाडावृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसँग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका हुन् ।

मन्त्री किराँतीले निजी कम्पनिहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उहाँले नीजि कम्पनिहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताउनुभयो । कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारकाही गरिने चेतावनी दिनुभयो ।

त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडी नै थप जहाज ल्याउने कोशिस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै काम चलाउनुपर्ने अवस्था रहेको बताए ।