विश्वकप फुटवल छनोटको अन्तर्गत पहिलो खेलमा नेपाल र लाओसबीच बराबरी।

काठमाडौं:= विश्वकप फुटवल छनोटको अन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल र लाओस १-१ गोलको बराबरी खेलका हुन् ।

मध्यान्तर अघिको खेलमा लाओसले १-० गोलको अग्रता लिको थियो । तर ४९ ‌औं मिनेटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको थियो ।

खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । तर ४९ ‌औं मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल गरे । एरिक विष्टको कर्नरमा विष्टले हेडमार्फत गोल गरेका हुन् ।

बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर खेलको निर्धारित अवधिमा दुवै टीमले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । छनौट चरणको दोस्रो खेल आगामि मंगलवार लाओसमा हुने छ ।