मलेसियामा दशैंको टीकाको साइत सन् २०२३ अक्टोबर २४ तारिख बिहान ११:१५ मिनेटमा।

क्वालालम्पुर (मलेसिया):= अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपालमा कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत छ । त्यस्तै मलेसियामा भने सन् २०२३ अक्टोबर  २४ तारिख बिहान ११:१५ मा विजया दशमी दशैंको टीकाको साइत रहेको उल्लेख छ ।