[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसियाका युवा उपाध्यक्ष तथा लक्ष्मी हेल्प फाउन्डेसनका संचालक अध्यक्ष नारायण अधिकारीले मलेसियामा रहेका नेपाली फुटबल खेलाडीहरुलाई जर्सी भेस्ट सहयोग प्रदान गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियको लागि खेलकुद भन्ने मुल नाराको साथ रोयलस्टार एफ. सि. तेब्राउ जोहोर फुटबल क्लबले आयोजना गरेको प्रथम रोयल स्टार गोल कप २०२३ को अवसरमा यही महिना अक्टोबर ८ तारिख आयोजित फुटबल प्रतियोगीताको दिन रोयल स्टार फुटबल कल्बका खेलाडीहरुलाई फाउन्डेसनका अध्यक्ष अधिकारीले खेल्दा लाउने जर्सि प्रदान गर्नु भएको हो ।

विगत लामो समय देखि मलेसियामा समाजसेवाको कार्य गर्दै विभिन्न संघसंस्थामा आवद्ध भएका अधिकारीले खेलाडी हरुको उच्च समान गर्दै स्पोर्ट्स इकोनोमिक्स जर्सी नभएकोले खेलाडीहरुलाई थप उर्जा र उनीहरुको मनोबल बढोस् भन्ने हेतुले फाउन्डेसनको तर्फबाट स्पोर्ट्स इकोनोमिक्स जर्सी उपलब्ध गराएका हुन् ।

सन् २०१५ देखि संचालन भएको यस् फाउन्डेसनले मानव जातिलाई नै तहनस र एक किसिमको आक्रान्त बनाएको महामारी कोरोनाको बेला नेपाली श्रमिक हरुको लागि फुड बैकिङ सेवा संचालन पनि गरेको थियो। यस् फाउन्डेसनले आउने दिनमा पनि फाउन्डेसनको तर्फबाट सक्दो आर्थिक भौतिक सहयोग गर्ने अध्यक्ष नारायण अधिकारिले बाचा गर्नुभएको छ ।




















