एनआरएनएको ११औं महाधिवेशनका प्रत्याशी उम्मेदवारहरुलाई हिमालयन एफसीद्वारा मलेसियामा स्वागत तथा सम्मान।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आईसिसिको ११औं महाधिवेशनका प्रत्याशी उम्मेदवारहरुलाई मलेसियामा भब्य स्वागत तथा सम्मान गरिएको छ ।

छलफल तथा भेटघाटको लागि आईतवार साझ मलेसिया आईपुग्नु भएका प्रत्याशी उम्मेदवारहरु प्रबिन गुरुङ , मनोज कुमार क्ष्रेष्ठ (गोर्खाली) , रोबिन सेरचनलाई मलेसियामा दर्ता प्राप्त स्थापित एक मात्रै नेपाली क्लब हिमालयन फुटबल क्लब (HIMALAYAN FOOTBALL CLUB) मलेसियाका अध्यक्ष सन्तोष कार्की र क्लबका खेलाडी हरु र एनआरएनए मलेसियाका पदाधिकारीहरुले संयुक्त रुपमा विमानस्थलमा स्वागत तथा सम्मान गरेका थिए ।

आईसिसिको आउँदो ११औं महाधिवेशनमा रोबिन सेरचन उपाध्यक्ष पदको प्रत्याशी उम्मेदवार हुनुहुन्छ भने प्रबिन गुरुङ उप-महासचिव पदको प्रत्याशी उम्मेदवार र मनोज गोर्खाली सचिव पदको प्रत्याशी उम्मेदवार हुनुहुन्छ ।

विमानस्थलमा स्वागत तथा सम्मान गर्न पुग्नुभएका हिमालयन फुटबल क्लब र एनआरएनए मलेसियाप्रति तिनैजना प्रत्याशी उम्मेदवारहरुले कृतज्ञता धन्यवाद व्यक्त गरेका थिए ।