[ आरएन चौधरी थारु ]
क्वालालम्पुर:= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिको बर्तमान सचिव एवम् आउँदो ११औं महाधिवेशनमा उप-अध्यक्ष पदका प्रत्याशी उम्मेदवार खगेन्द्र न्यौपानेले मलेसियाबाट पनि आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
एउटा् अब्बल र सफल व्यापारी , ब्यावसायी , एनआरएनए मलेसियाका पुर्व अध्यक्ष रहेकै बेलादेखि मलेसियामा कार्यरत लाखौं नेपाली श्रमिकका निम्ति आर्थिक भौतिक सहयोग गर्दै योगदान दिदै एसिया प्यासिफिक क्षेत्रका उप-संयोजक त्यसपछि संयोजक हुँदै अहिलेका आईसिसि सचिव समेत रहेका खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसिको नजिकिदै गरेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा भिड्ने उम्मेदवारी घोषणा गरेका हुन ।
शनिबार एनआरएनए एनसिसि मलेसिया र मलेसियामा रहेका विभिन्न संघसंस्था , राजनीतिक संगठन दलका प्रतिनिधि व्यापार व्यावसायि र महाधिवेशन प्रतिनिधि डेलिगेट्स प्रतिनिधि , पत्रकारहरुसंग एनआरएनए मलेसियाको आफ्नेै कार्यलयमा आयोजित एक भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै भन्नुभयो,”आफु एनआरएनए उपाध्यक्ष पदमा निर्वाचित भएमा एनआरएनए एनसीसी मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाई वैधानिकता बनाउन नेपाली राजदूतावाससंग समन्वय गरेर पहल गर्ने र मलेसियामा रहेको श्रमिक हरुको समस्याको लागि आफुले सक्ने सहयोग गर्ने बताए ।
त्यस्तै वैदेशिक रोजगारको बसाइँ सकिएर नेपाल फर्केका नेपालीहरुलाइ तिनीहरुको सिप अनुसार नेपालमा रोजगारको व्यवस्थापन गर्ने र कुनै आयोजना तथा प्रोजेक्टहरुमा लगानी गर्ने एनआरएनएको तर्फबाट वातावरण मिलाउने साथै मलेसियामा एउटा श्रमिकमैत्री अस्पताल बनाउने एनआरएनएको एउटा एजेन्डा रहेको र यी सबै एजेन्डा आफुले साथमै लिएर हिडिरहेको बताए ।
विभिन्न देशबाट उम्मेदवारी घोषणा गरेका उपाध्यक्षका उम्मेदवारहरुको सुचिमा अग्र स्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका छन। कुराकानीको क्रममा उपाध्यक्ष प्रत्याशी उम्मेदवार न्यौपानेले भने, “आफु उपाध्यक्ष पदमा निर्वाचित हुन साथ केन्द्रसंग समन्वय गरेर इन्स्योरेन्सको पोलिसी अनुसार नेपाली श्रमिकको भलाइको निम्ति हरदम तत्परताको साथ काम गर्ने बताए ।
गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८० देश भन्दा बढी ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।




















